PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

के शाहरुख खानले बनाउँदै हो कोरियन फिल्म अ हार्ड डे को हिन्दी संस्करण?



पहिलोपोस्ट

के शाहरुख खानले बनाउँदै हो कोरियन फिल्म अ हार्ड डे को हिन्दी संस्करण?

शाहरुख खान लामो समयदेखि सिल्भर स्क्रिनबाट टाढा नै छन्। अनुष्का शर्मा र कैटरिना कैफसँग फिल्म जिरोमा आएका खान त्यसयता कुनै फिल्ममा देखिएनन्। उनी आफ्नै पाराले नयाँ प्रोजेक्टको खोजीमा छन्। पछिल्ला रिपोर्टहरुका अनुसार शाहरुखकको प्रोडक्सन हाउस कोरियन फिल्म अ हार्ड डे को हिन्दी रिमेक बनाउने तयारीमा छ।

शाहरुख र उनको टिमले दक्षिण कोरियाली फिल्म निक्कै रुचाएकाले त्यसैको हिन्दी एडप्टेसन गराउने तयारी गरेको हो। स्रोतका अनुसार हिन्दी संस्करणमा अ हार्ड डे ल्याउनका लागि राम्रै रकम बुझाइएको छ, प्रतिलिपि अधिकारका लागि। सबै कुरा मिल्दै जाने हो भने शाहरुख खानको यो प्रोजेक्ट अगाडि बढ्नेछ भलै त्यसमा उनी प्रोड्युसरमात्र किन नहुन्।

शाहरुख यो फिल्ममा सुयोग घोषसँग जोडिन सक्ने पनि बताइएको छ। सुयोग अहिले अभिषेक बच्चन अभिनित बब विश्वासको निर्देशनमा संलग्न छन्। यो फिल्म पनि कोरियन थ्रिलरको एडप्टेसन हो।

कोरियन फिल्म अ हार्ड डे हत्याको विषयमा जोडिएका डिटेक्टिभमाथिको कथा हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell