PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बालविवाह र दाइजो प्रथा रोक्न बारामा नाटक प्रदर्शन



राधेश्याम पटेल

बालविवाह र दाइजो प्रथा रोक्न बारामा नाटक प्रदर्शन

वीरगंज : बारा प्रहरीले बारामा बालविवाह, दाइजो प्रथा, बहुविवाह तथा लैंगिकहिंसा न्यूनिकरणको लागि जनचेतनामूलक नाटक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रम महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित गढीमाई मन्दिरको परिसरमा भएको कार्यक्रममा करिब २ हजार जना दर्शकले अवलोकन गरेका थिए।

बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले समाजमा सामाजिक विकृति रुपी बालविवाह, दाइजो, बहुविवाह र लैंगिकहिंसा जस्ता कुरा चलिरहदासम्म यसले देश विकासमा नकारात्मक असर परिरहने बताए।

बाराका प्रहरी उपरीक्षक विकासराज खनालले समाज उत्थानमा यस्ता सामाजिक कुरीतिहरुले गर्दा समस्या भइरहेकोले जनचेतना र शिक्षा जगाई समाजलाई सही दिशामा लैजान स्थानीयलाई कार्यक्रममा आग्रह गरे।

जनजागरण समाज संस्था बलिरामपुरका कलाकारहरुले सन्देशमूलक नाटक र सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा गायक सुनिल पण्डितले जनचेतनामुलक गीतसंगीत पस्केका थिए।

कार्यक्रममा महागढीमाई नगरपालिकाका अध्यक्ष उपेन्द्र प्रसाद यादव, संविधान सभाका पूर्वसदस्य शिवचन्द्र कुशवाहा र नगरपालिकाका उप-प्रमुख तारादेवी साह कानु समेतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell