PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हेर्नुस् ब्रतालुसँगै चाँगुमा 'माधव नारायण'

हेर्नुस् ब्रतालुसँगै चाँगुमा 'माधव नारायण'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : शालिनदीमा रहेको माधव नारायण परदेशयात्रा गर्दै चाँगुनारायण पुगेका छन्।

स्वस्थानी सुरु भएदेखि नै माधव नारायण दिनहुँ साँखु नगर परिक्रमा गराउने गरिन्छ। एक महिना साँखुमा माधव नारायणको दर्शन गर्न दर्शनार्थीहरुको घुँइचो लाग्ने गर्छ।

यसैबीच माधव नारायण भने तीन पटक परदेश यात्रामा निस्कने गर्छन्। 'सक्व दे:'  (साँखु देश) बाट बाहिरिँदै आज माधव नारायणसँगै ब्रतालुहरु बिहानै चाँगुनारायण पुगेका हुन।  

बुधवार साँझ साँखुबाट माधव नारायणलाई चाँगु लगिएको हो। आज बिहान चाँगुमा विशेष पूजा गरेर माधव नारायणलाई पुन: साँखु पुर्‍याइयो।

यसअघि माधव नारायणलाई फर्पिङ र पनौतीमा 'परदेश यात्रा' गराइसकिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell