PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर फरार टिपर प्रहरी नियन्त्रणमा, चालक अझै गायव



पहिलोपोस्ट

कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर फरार टिपर प्रहरी नियन्त्रणमा, चालक अझै गायव
फाइल फोटो

काठमाडौं : कलंकीमा ठक्कर दिएर फरार टिपर र त्यसका मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधवार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो। प्रदेश नम्बर २ - ०३ -००४ प ५५० नम्बरको मोटरसाइलका चालक रौतहटका १९ वर्षीय राजेशकुमार चौधरी र मोटरसाइकल पछाडि बसेका २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको थियो। टिपर भने फरार थियो। बिहीवार ललितपुरको नख्खु पुल नजिकै रहेको सूर्यचन्द्र ग्यारेजमा रोकी राखेको अवस्थामा बा ४ ख ७५७९ नम्बरको टिपरलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

टिपरका चालक भने फरार छन्। दुर्घटना भएपछि टिपर ग्यारेजमा राखेर फरार भएको प्रहरीले जानकारी दिएको छ। टिपरधनी भने प्रहरी नियन्त्रणमा छन्। सिसिटिभी क्यामराको सहयोगमा टिपर नियन्त्रणमा लिएको डिएसपी बोगटीले जानकारी दिए।

दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो। उपचारको क्रममा दुवै जनाको बिहीवार बिहान मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell