PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

बुद्धको बनारस उडान चैतदेखि साताको तीन दिन



पहिलोपोस्ट

बुद्धको बनारस उडान चैतदेखि साताको तीन दिन

काठमाडौं : निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक आवगमन बढाउने उद्देश्यले काठमाडौं-बनारस साताको तीन दिन उडान गर्ने भएको छ।

चैतको अन्तिम सातादेखि थपिने उडानका लागि कम्पनीले गृहकार्य सुरू गरिसकेको जनाएको छ।

हाल यो गन्तब्यमा साताको आइतबार र बिहीबार सेड्युल फ्लाइट गर्दै आएको कम्पनीले चैतको अन्तिम सातादेखि थप एउटा उडान थप्न लागेको हो।

'भ्रमण वर्षमा भारतीय मात्र नभइ त्यहाँ अमेरिका, अस्ट्रेलिया, क्यानडा र बेलायतलगायत मुलुकबाट आउने पर्यटकलाई नेपाल भ्रमणप्रति आकर्षक गराउनका लागि फ्लाइट थप्न लागेका हौं। अहिले प्रक्रियामा छौं। मुलुकको पर्यटन प्रवर्द्धनका लागि प्रचार प्रसारमा सरकारको सहयोगको अपेक्षा गरेका छौं,' कम्पनीका एक कर्मचारीले भने।

'बनारस आफैंमा प्राचीन सहर हो। नौवटा ज्योतिर्लिंगमध्ये बनारसको विश्वनाथ पनि हो। त्यहाँ विभीन्न मुलुकका पर्यटक आइरहेका हुन्छन्। त्यहाँ आएका पर्यटक एवं दर्शनाभिलाषीलाई पशुपति दर्शनका लागि सहज प्रदान हुने आशा लिएका छौं,' उनले भने।

कम्पनीका अनुसार अप्रिल अर्थात चैत १९ गतेदेखि सेड्युल परिवर्तन भएपछि यो गन्तब्यमा साताको शनिवार, मंगलबार र बिहीबार सेड्युल फ्लाइट गरिनेछ।

कम्पनीले दुई वर्षदेखि यो गन्तब्यमा नियमित उडान गर्दै आएको छ। कम्पनीका अनुसार यो गन्तब्यको दुईतर्फी भाडादर २० हजार रूपैयाँ छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell