PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

चीनमा रहेका नेपाली विद्यार्थीलाई सञ्चारमन्त्री बास्कोटाले भने, ‘धैर्य गर्नुस्’



पहिलोपोस्ट

चीनमा रहेका नेपाली विद्यार्थीलाई सञ्चारमन्त्री बास्कोटाले भने, ‘धैर्य गर्नुस्’
सञ्चार तथा सूूचना प्रविधिमन्त्री गोकुुलप्रसाद बास्कोटा बिहीवार मन्त्रिपरिषद् बैंठकले गरेका निर्णय सार्वजनिक गर्दै। फोटो : रासस।

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कोरोना भाइरसप्रति सरकार संवेदनशील रहेको बताएका छन्।

सरकारका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले चीनले नेपालीहरुको स्वास्थ्य सुरक्षामा चिनियाँ नागरिक सरह संवेदनशील रहेको आश्वस्त पारेको सुनाए। उनले चीनमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चाँडै ल्याउने तयारीमा सरकार रहेको जानकारी दिए।

मन्त्री बास्कोटाले भने, ‘चीनसँग निरन्तर सम्पर्कमा छौं। त्यहाँ रहेका सबै नेपाली सुरक्षित छन्। छिट्टै नेपाल ल्याउँछौं।’

चीनमा रहेका नागरिकलाई फिर्ता गर्ने तयारीमा जहाजको समस्या नभएको उनको भनाइ थियो। उनले चीनबाट विद्यार्थीले फोन सम्पर्क गरेको प्रसंग पनि सुनाए। दूतावासले आवश्यक समन्वय गरिरहेको र छिट्टै उद्दार गर्ने उनको भनाइ छ।

उनले भने, ‘व्यवस्थित भएपछि तुरुन्तै उद्दार गर्छौँ। धैर्यधारण गर्न, सयंता अपनाउन र यसमा सरकारसँगै रहेको कुरा बुझिदिन अनुरोध गर्छु।’

चीनमा रहेका नागरिक फिर्ता गर्दा सबै नेपालीलाई संक्रमण फैलने जसरी हल्ला नफैलाउन पनि मन्त्री बास्कोटाले आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell