PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

नेता नेपाल र अमेरिकी राजदूतबीच एमसिसीका विषयमा कुराकानी



रासस

नेता नेपाल र अमेरिकी राजदूतबीच एमसिसीका विषयमा कुराकानी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डी डब्ल्यू बेरीबीच शिष्टाचार भेटघाट भएको छ। नेता नेपालको निवास कोटेश्वरमा उनीहरुबीच भेटघाट भएको हो।

नेता नेपालका स्वकीय सचिव नितेश पौडेलका अनुसार भेटमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का बारेमा पनि छलफल भएको थियो। सो अवसरमा नेता नेपालले नेपालले कुनै पनि वैदेशिक सहयोग लिने भन्दै एमसिसी राष्ट्रिय हित अनुकूल भए स्वीकार गरेर अगाडि बढ्न सकिने राजदूत बेरीलाई बताए। नेता नेपालले एमसिसी राष्ट्रिय हित विपरीत भए सच्चाउनुपर्नेमा जोड दिए।

उनीहरुबीच दुई देशबीच द्विपक्षीय हित र समसामयिक राजनीतिक अवस्थाबारेमा छलफल भएको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell