PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

संकटमा नेपाली मसला उद्योग : आयातमा भन्सार महसुल कम हुँदा २ अर्बको लगानी धराशायी बन्दै



राधेश्याम पटेल

संकटमा नेपाली मसला उद्योग : आयातमा भन्सार महसुल कम हुँदा २ अर्बको लगानी धराशायी बन्दै

वीरगंज : नेपालमा सञ्चालनमा रहेका साना तथा ठूला मसला उद्योग संकटमा परेको व्यसायीहरुले बताएका छन्। सरकारको अव्यवहारिक नीतिको कारण तरकारी तथा नुडल्सको लागि उत्पादन हुने मसला उद्योग संकटमा परेको व्यवसायीहरुले बताएका हुन्।

एसियन स्पाइसेस एण्ड फुड प्याकेजिङ उद्योग विराटनगरद्वारा वीरगंजमा आयोजित बिक्रेता भेटघाटमा व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन्। उद्योगको ब्रान्ड मार्केटिङ गर्ने एभेरेस्ट सेल्स एण्ड मार्केटिङ कम्पनी प्रालिका प्रबन्ध निर्देशक केशव न्यौपानेले यस्तो गुनासो गरे।

उनले भने, ‘सरकारले भारत तथा विदेशबाट आयात गरिने मसलामा जबसम्म भन्सार महसुल बढाएर रोक्दैन, तबसम्म स्वदेशी मसला उद्योग समस्या खेपी रहनेछन्।’

उनका अनुसार नेपालमा विराटनगर, भैरहवा, नारायणगढ तथा काठमाडौंमा गरी करिब आधा दर्जन ठूला उद्योग रहेका छन् भने साना तथा मझौला करिब ६ दर्जन उद्योग देश भरमा सञ्चालनमा रहेका छन्।

सरकारले त्यस्ता उद्योगहरुलाई संरक्षण गर्न नसके करिब २ अर्ब भन्दा बढिको लगानी जोखिममा रहको उनको भनाइ छ।

‘विदेशबाट काचो बेसार ल्याउँदा सरकारले भन्सार महसुल १५ प्रतिशत लिन्छ, तर भ्याट लिदैन। स्वदेशी उद्योगले त्यही बेसारलाई पिँधेर धुलो बनायो भने १३ प्रतिशत भ्याट लिन्छ’, उनले भने, ‘यसले स्वदेशी उत्पादन महँगो भई विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्दैनन्, अनि कसरी उद्योग चलाउने?’

मसला आयातको विषयमा वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहले मसलाको गुणस्तर हेरी भन्सार महसुल र भ्याट लाग्ने बताए। उनले १० प्रतिशतदेखि २० प्रतिशतसम्म पनि भन्सार महसुल लिने गरिएको र फिनिसिङ मसलामा मात्र भ्याट लिइने स्पष्ट पारे।

विराटनगरका व्यवसायी शिवनाथ साहले करिब ८ करोडको लगानीमा तीन वर्ष स्थापना गरेको एसियन स्पाइसेज एण्ड फुड प्याकेजिङले २६ थरीको फाइन ब्रान्डमा मसला उत्पादन गर्दै आएको बताए। नेपालमा वर्षेनी करिब २ अर्बको मसला खपत हुँदै आएकोमा ७५ प्रतिशत मसलाको माग विदेशबाट पूरा हुन्छ भने २५ प्रतिशतको बजार हिस्सामा मात्र स्वदेशी उद्योगका मसला पुग्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell