PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

एभरेष्ट प्रिमियर लिगले पायो आइसिसीको मान्यता



रासस

एभरेष्ट प्रिमियर लिगले पायो आइसिसीको मान्यता

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एभरेष्ट प्रिमियर लिग (इपिएल)लाई मान्यता प्रदान गरेको छ। आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने चौथो संस्करणको इपिएललाई आइसिसीले आधिकारिक मान्यता दिएको हो।

यसपटक टेष्ट मान्यताप्राप्त मुलुकका चर्चित खेलाडीसमेत सो प्रतियोगिता खेल्न नेपाल आउँदैछन्। नेपाल खेल्न आउने खेलाडीमा वेष्ट इन्डिजका क्रिस गेल, ड्वाने स्मिथ, श्रीलङ्काका उपुल थरङ्गा, अफगानिस्तानका मोहमद साहजादलगायत छन्।

गेलले पोखरा राइनोजबाट स्मिथले भैरहवा ग्लाडीयटर्सबाट थरङ्गाले ललितपुर प्याट्रियट्सबाट तथा साहजादले चितवन टाइगर्सबाट खेल्ने तय भएको आयोजकले जनाएको छ। इपिएलमा ६ फ्रेन्चाइज टोली काठमाडौं किङ्ग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, चितवन टाइगर्स, पोखरा राइनोज, विराटनगर वारिवर्स र भैरहवा ग्लाडीयटर्स भिड्ने छन्। इपिएलको खेल तालिकालाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्वीकृत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell