PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

‘जिपी कोइराला गोल्ड कप’को फाइनलमा सप्तरी र बारा भिड्ने



राधेश्याम पटेल

‘जिपी कोइराला गोल्ड कप’को फाइनलमा सप्तरी र बारा भिड्ने
वीरगंजको आदर्शनगर रंगशालामा आयोजित प्रदेश नं २ स्तरीय प्रथम गिरिजाप्रसाद कोइराला नकाउट गोल्ड कपको बिहीवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा बारा र धनुषाका खेलाडी प्रतिस्पर्धा गर्दै। फोटो : रासस।

वीरगंज : वीरगंजमा जारी ‘प्रथम गिरिजाप्रसाद कोइराला गोल्ड कप’को शनिवार हुने फाइनल खेलमा जिल्ला फुटबल संघ सप्तरी र बारा भिड्ने भएका छन्। प्रदेश २ को ८ जिल्लालाई समेटेर प्रदेशस्तरीय प्रतियोगिताको पहिलो सेमिफाइनलमा सप्तरीले महोत्तरीलाई र दोस्रो सेमिफाइनलमा बाराले ट्राइबेकरमा धनुषालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन्।

बाराले धनुषालाई ट्राइबेकरमा ४-१ गोल अन्तरले हरायो। ९० मिनेटको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि दोस्रो सेमिफाइनलको खेल पेनाल्टीमा धकेलिएको थियो।

दोस्रो सेमिफाइनल खेलको म्यान अफ द म्याच बाराका गोलकिपर जयराम चौधरी घोषित भए। उनलाई हिमालयन बैंक वीरगंज शाखाकी प्रबन्धक गीता प्रधानले ट्रफी प्रदान गरिन्।

यसैबीच शुक्रवार प्रतियोगिता आयोजक जिपी फाउन्डेसन वीरगंज र वीरगंजका बैंकर्स एसोसिएसनबीच मैत्रीपूर्ण खेल हुने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell