PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

शहीद स्मारक लिगमा आज दुई खेल : थ्री स्टारको दाउ शीर्ष तीनमा



पहिलोपोस्ट

शहीद स्मारक लिगमा आज दुई खेल : थ्री स्टारको दाउ शीर्ष तीनमा
तस्बिर: एन्फा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा अंक तालिकाको चौँथो स्थानको थ्री स्टार क्लब र पाँचौं स्थानको संकटा क्लब भिड्ने छन्। जारी सिजन १० खेल खेलेर ५ जित २ बराबरी ३ हार ब्यहोरेको थ्री स्टार १७ अंकसहित तालिकाको चौथो स्थानमा छ। उपाधि होडबाट टाढिए पनि थ्री स्टार आफूलाई शीर्ष टिमहरुमा कायम राख्न चाहन्छ। आजको खेलमा जित निकाल्न सके थ्री स्टारले मनाङ मर्स्याङदी क्लबलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने छ।

त्यस्तै साविक उपविजेतासमेत रहेको संकटा क्लबले १० खेलमा ४ जित, ३ बराबरी र ३ हार ब्यहोर्दै १५ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ। आजको खेलमा जित निकाल्न सके संकटा थ्री स्टारलाई पछि पार्दै चौँथो स्थानमा उक्लने छ। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे ११ बजे शुरु हुनेछ।

आजै हुने दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ। १० खेलमा ४ जित २ बराबरी र ४ हार ब्यहोरेको पुलिस तालिकाको आठौं स्थानमा छ। आजको खेलमा जित निकाल्न सके पुलिस चौथो स्थानसम्म पुग्ने सम्भावना रहन्छ।

त्यस्तै १० खेल खेलेर २ जित, २ बराबरी र ६ हार ब्यहोरेको ब्रिगेड ब्वाइज ८ अंक सहित तालिकाको ११ औं स्थानमा छ। आजको खेलमा जित निकाल्न सके ब्रिगेड ब्वाइजले अघिल्लो स्थानको च्यासल युथ क्लबसँग अंकदुरी घटाउने छ।

दोस्रो खेल ३ बजे एन्फा कम्प्लेक्सको मैदानमा शुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell