PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रहरीले आश्रममा चार घण्टा खोज्दा पनि भेटिएनन् ‘लिटिल बुद्ध’



पहिलोपोस्ट

प्रहरीले आश्रममा चार घण्टा खोज्दा पनि भेटिएनन् ‘लिटिल बुद्ध’

काठमाडौं : ‘लिटिल बुद्ध’को नामले चिनिएका रामबहादुर बमजनलाई पक्राउ गर्न पुगेको प्रहरी आश्रममा नभेटिएपछि फर्किएको छ।

सिन्धुलीमा रहेको बमजनको आश्रममा पक्राउ पुर्जी लिएर प्रहरी पुगेको थियो। जिल्ला अदालत सर्लाहीले बमजनलाई पक्राउ गर्न आदेश दिएको थियो। तर, चार घण्टाभन्दा बढी समय लगाएर आश्रममा बमजनलाई खोजे पनि उनी भेटिएनन्।

‘हामीले आश्रममा र सम्भावित क्षेत्रमा खोजी गर्‍यौं अहिलेसम्म फेला पार्न सकिएको छैन। अब अरु सम्भावित क्षेत्रमा पनि खोज्दै छौं,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेस थापा क्षेत्रीले भने।

एक वर्षअघि मात्र प्रहरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ६ स्थित बाडेगाँउमा रहेको आश्रममा छापा मारेको थियो। त्यतिखेर कुनै प्रमाण फेला पार्न नसक्दा प्रहरीको अनुसन्धान अघि बढ्न सकेको थिएन।

शुक्रवार आश्रममा बमजन नभेटिएपछि उनका केही सहयोगीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले यस बारेमा आधिकारिक जानकारी भने दिएको छैन।

बम्जनविरुद्ध बारा र मकवानपुर आश्रमबाट मानिस बेपत्ता पारिएको तथा बलात्कार लगायतका उजुरी परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell