काठमाडौं : ठूला नेतालाई उन्मुक्तिको उपहार, यस्तो किन अख्तियार?
‘नेताको होइन कानुनको राज्य होस’ लगायतका प्ले कार्ड बोकेर शुक्रवार एक समूह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुग्यो। उनीहरुले कानुनी राज्य र अख्तियारको चर्को विरोध गरे। यसरी जानेमा थिए साझा पार्टीका नेता तथा कार्याकर्ता।
बुधवार अख्तियारले ललिता निवास प्रकरणमा आफ्ना नेतालाई जोगाएर अन्यलाई कारबाहीको प्रकृया गरेको भन्दै विरोधमा उत्रिएका हुन्। विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।