PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

अनन्त थापाको गोलमा थ्री स्टारको जित



पहिलोपोस्ट

अनन्त थापाको गोलमा थ्री स्टारको जित
थ्री स्टार क्लबका खेलाडीहरु। फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा थ्री स्टार क्लबले संकटा क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा थ्री स्टारले संकटामाथि संघर्षपूर्ण जित निकाल्दै तालिकाको शीर्ष तीनमा प्रवेश गरेको हो।

थ्री स्टारको जितमा अनन्त तामाङले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफ अनन्त तामाङले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। उनले खेलको ६१ औं मिनेट गरेको गोल बाहेक दुवै टिमबाट थप गोल नहुँदा थ्री स्टारको जितमा उनको गोल निर्णायक हुन पुग्यो।

जितसँगै ११ खेलमा ६ जित २ बराबरी र ३ हार ब्यहोरेको थ्री स्टार २० अंकसहित तालिकाको तेस्रो स्थानमा छ। त्यो भन्दा १ खेल कम खेलेको मनाङ मर्स्याङदी क्लब १९ अंकसहित चौँथो स्थानमा छ।

आजै हुने दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिसले ब्रिगेड ब्वाइज क्लबको सामना गर्दैछ। खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell