PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

थुनामा रहेका व्यक्तिलाई 'सेटिङ मिलाएर छुटाउन' ४२ लाख लिएका वकिल पक्राउ



पहिलोपोस्ट

थुनामा रहेका व्यक्तिलाई 'सेटिङ मिलाएर छुटाउन' ४२ लाख लिएका वकिल पक्राउ

काठमाडौं : प्रहरीले एक जना अधिवक्तालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले अधिवक्ता टंकबहादुर रानामगरलाई पक्राउ गरेको हो। जन न्यायिक कानुनी सेवा नामको कानुनी परामर्श केन्द्र खोलेर बसेका रानामगरले थुनामा रहेका व्यक्तिलाई सेटिङमा छुटाइदिने भन्दै ४२ लाख रुपैयाँ लिएको अभियोगमा नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए।

'सेटिङ् मिलाएर छुटाउने भन्दै पैसा लिएको देखियो। कुनै बहस गरेको फि होइन,' एसएसपी थापाले भने।

राजस्व छलीको अभियोगमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले २०७५ मंसीर २७ गते रमेश दाहाललाई नियन्त्रणमा लिएको थियो। अदालतको आदेशमा दाहाल अहिले नख्खु कारागारमा रहेका छन्। दाहाललाई छुटाउने भन्दै उनले रकम लिएको थिए।

गत साउनमा नै रकम लिएको प्रहरीको अनुसन्धानमा देखिएको छ। रकम लिएपछि पनि आफ्नो मान्छे नछुटेपछि दाहालका परिवार प्रहरीकहाँ पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell