PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

ललिता निवास प्रकरणमा मेरो केही गल्ती र संलग्नता छैन : वरिष्ठ नेता नेपाल



रासस

ललिता निवास प्रकरणमा मेरो केही गल्ती र संलग्नता छैन : वरिष्ठ नेता नेपाल

इटहरी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै गल्ती र संलग्नता नरहेको बताएका छन्।

आज मोरङ तथा इटहरी उपमहानगरपालिकाका अगुवा कार्यकर्तालाई प्रशिक्षणको क्रममा उनले बिना आग्रह पूर्वाग्रह दोषीलाई नछाड्ने र निर्दोषलाई अख्तिायारले निष्पक्ष छानबिन गर्नुपर्ने बताए। छानबिनबाट आफ्नो दश पुस्ताभित्रको मानिसको नाममा त्यस स्थानमा जग्गा छ भने जुनसुकै कारबाही पनि भोग्न तयार रहेको उनले बताए।

धरान उपमहानगरपालिकामा नेकपाको हार के कारणले भएको हो गम्भीर रूपमा कार्यकर्ता तथा नेताले सोच्नुपर्ने वरिष्ठ नेता नेपालले बताए। उनले धेरै लामो समयपछि बसेको केन्द्रीय कमिटीको बैठकबाट पार्टी सञ्चालनमा केही ऊर्जा थपिएको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell