PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

नेपाल टस हारेर ब्याटिङमा



पहिलोपोस्ट

नेपाल टस हारेर ब्याटिङमा
तस्बिर: क्यान

काठमाडौं: विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकासँगको खेलमा नेपाल टस हारेर ब्याटिङमा उत्रँदै छ।

त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा ओमनसँग पराजित भएका दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। खेल सुरु हुनु अगावै कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा समर्थकहरुको राम्रै उपस्थिति भइसकेको छ।

अघिल्लो खेलको टिममा भन्दा नेपाली टोलीमा परिवर्तन भएको छ। सुवास खकुरेल र कुशल मल्ल टिममा आएका छन् भने शरद भेषवाकर र रोहित कुमार पौडेल प्लेइङ ११ मा छैनन्।

जारी सिरिजमा राम्रो नतिजा निकाल्न सके वर्ल्डकप लिग २ र क्वालिफायर्स हुँदै एकदिवसीय विश्वकपमा पुग्ने बाटो नेपाललाई खुल्नेछ।

‘वर्ल्डकप लिग २’ विश्वकप पुग्ने रोडम्याप हो। यस अन्तर्गत त्रिकोणात्मक सिरिज आयोजना गरिएको हो।

लिग-२ मा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्। यो अढाइ वर्षे लिग हो। जसमा यी सातवटा टिमले प्रतिस्पर्धा गर्नेछन् जो विश्वकपभन्दा दुई स्टेप परै छन्। यस समूहका प्रत्येक टिमले ३६ वटा खेल खेल्नेछन्। सन् २०१९ को अगस्टबाट सुरु भएको खेल श्रृंखला २०२२ को जनवरीसम्म चल्नेछ। यस बीचमा १ सय २६ वटा खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell