काठमाडौं : विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकासँगको खेलमा चौथो विकेटका रुपमा पारस खड्का आउट भएसँगै नेपाली टिम दवावमा आएको छ।
नेपाल टस हारेर ब्याटिङमा ब्याटिङमा उत्रिएको नेपालका लागि सुवास खकुरेल र मल्लको ओपनिङ जम्न सकेन। सुवास खकुरेल ३ रन बनाएर आउट भएपछि ज्ञानेन्द्र मल्ल र पारस खड्काले नेपालको पारी सम्हालेका थिए।
कप्तान मल्ल पनि खेलको ओभरमा २१ रन बनाउँदै पभेलियन फर्किएपछि गएका दीपेन्द्रसिंह ऐरी रन नजोड्दै आउट भए। त्यस्तै पारस खड्का १९ रन बनाउँदै आउट हुन पुगे। अहिले कुशल भुर्तेल र आरिफ शेखले पार्टनरसिप गरिरहेका छन्।
