PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

कसरी भइरहेको छ काम? रानी पोखरी, दरवार हाइस्कुल र धरहरामा राष्ट्रपतिको अनुगमन

कसरी भइरहेको छ काम? रानी पोखरी, दरवार हाइस्कुल र धरहरामा राष्ट्रपतिको अनुगमन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : भूकम्पका कारण प्रभावित भएका रानी पोखरी, दरवार हाइस्कुल र धरहरामा निर्माण कार्य यतिखेर जोड तोडले चलिरहेको छ। लामो समय विवादका कारण रानी पोखरी र धरहरा निर्माणले गति लिन सकेको थिएन। तर, चिनियाँले दरवार हाइस्कुल भने छिटै नै तयार पारिसकेका छन्। लामो समय रोकिएको भए पनि रानी पोखरीमा अहिले तीब्र स्तरमा काम भइरहेको छ। धरहराको पनि अग्लिनेक्रम सुरु बढ्दो छ।

यहीबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणमा रहेका क्षेत्रको अवलोकन गरेकी छिन्। रानी पोखरीबाट नै पुनर्निर्माण महाअभियानको प्रारम्भ भएको थियो। तर, पुरातात्विक महत्वअनुसार काम नभएको भन्दै बीचमा काम रोकिएको थियो। राष्ट्रपतिले आज तिनै क्षेत्रहरु भ्रमण गरेर भइरहेको पुनर्निर्माणबारे जानकारी लिएकी हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell