PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

नेपालको दोस्रो अर्धशतक, कुशलपछि विनोदको ५० रन पूरा



पहिलोपोस्ट

नेपालको दोस्रो अर्धशतक, कुशलपछि विनोदको ५० रन पूरा

काठमाडौं :  विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकास‌ँगको खेलमा खराब सुरुवात गरेको नेपालको पारी सम्हालेका विनोद भण्डारीले अर्धशतक पुरा गरेका छन्। आजको खेलमा यो नेपालको लागि दोस्रो अर्धशतक हो। यसअघि कुशल मल्लले कीर्तिमानी अर्धशतक बनाउँदै पभेलियन फर्किएका थिए। भण्डारीले ६२ बल खेल्दै अर्धशतक बनाएका हुन्।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि सुवास खकुरेल र मल्लको ओपनिङ जम्न सकेनन्। सुवास खकुरेल ३ रन बनाएर आउट भएपछि ज्ञानेन्द्र मल्ल र पारस खड्काले नेपालको पारी सम्हालेका थिए।

कप्तान मल्ल पनि खेलको ओभरमा २१ रन बनाउँदै पभेलियन फर्किएपछि गएका दीपेन्द्रसिंह ऐरी रन नजोड्दै आउट भए। त्यस्तै पारस खड्का १९ रन बनाउँदै आउट हुन पुगे। त्यसपछि आरिफ शेख पनि २ रन बनाएर पभेलियन फर्किँदा नेपालको ब्याटिङ धर्मराएको थियो।

त्यसपछि आएका कुशल मल्लले विनोद भण्डारीसँग साझेदारी गर्दै नेपालको पारी उकासे। मल्लले अर्धशतक बनाउँदै पभेलियन फर्किएपछि आएका करण केसी पनि १२ रन बनाउँदै बाहिरिए। ओमनसँगको खेलमा राम्रो ब्याटिङ गरेका सन्दीप लामिछाने पनि आजको खेलमा जम्न सकेनन्। उनी खाता नखोल्दै पभेलियन फर्किए।

अहिले बिनोदलाई सुशन भारीले क्रिजमा साथ दिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell