PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

ललिता निवास प्रकरणमा अख्तियारको विरोध : विवेकशीलकी रञ्जु दर्शनासहित ११ जना पक्राउ



पहिलोपोस्ट

ललिता निवास प्रकरणमा अख्तियारको विरोध : विवेकशीलकी रञ्जु दर्शनासहित ११ जना पक्राउ
फोटोः मिलन पाण्डेको फेसबुकबाट

काठमाडौं: ललिता निवास प्रकरणमा अख्तियारले मुद्दा चलाएको विषयलाई लिएर प्रदर्शन गर्न पुगेका विवेकशील नेपालीका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिवार बालुवाटर क्षेत्रबाट प्रहरीले विवेकशीलकी नेतृ रञ्जु दर्शनासहित ११ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले संगीता बाटाजु,आलोक सुबेदी, वृतान्त खनाल,मनिष खनाल, प्रदिप ज्ञवालीलगायतलाई नियन्त्रणमा लिएको विवेकशील पार्टीका उपाध्यक्ष अजिता राईले जानकारी दिइन्।

ललिता निवासको सरकारी जग्गा हत्याउन विगतमा संलग्न रहेकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएको विवेकशीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell