PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

जावलाखेलसँग फ्रेन्ड्स क्लब स्तब्ध



पहिलोपोस्ट

जावलाखेलसँग फ्रेन्ड्स क्लब स्तब्ध
गोल गरेपछि खुसीयाली मनाउँदै जावलाखेल युथ क्लबका खेलाडीहरु।

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबमाथि १-० को जित निकालेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५८ औँ मिनेटमा फोडे फोफानाले गरेको गोल नै जावलाखेलको जितका लागि निर्णायक सावित भयो।

जावलाखेलका रुपबहादुर लामाले प्रहार गरेका केही उत्कृष्ट सटहरु फ्रेन्ड्स क्लबका गोलकिपर देव लिम्बुले बचाउ गरेका थिए। खेलको ६२ औँ मिनेटमा साउलो डी एक्विनो रातो कार्ड पाएर बाहिरिएपछि फ्रेन्ड्स क्लब १० जना खेलाडीमा समेटिएको थियो।

जितसँगै सातौँ स्थानको जावलाखेल पाँचौमा उक्लिएको छ। ११ खेल खेलेको उसले पाँचमा जित र तीनमा बराबरीको नतिजा निकाल्दै १८ अंक बनाएको छ। यता फ्रेन्ड्स क्लब भने १४ अंक सहित तालिकाको ९ औँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell