PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

७ फोटोमा हेर्नुहोस्, घरेलु मैदानमा नेपालले अमेरिकालाई हराउँदाको क्षण

७ फोटोमा हेर्नुहोस्, घरेलु मैदानमा नेपालले अमेरिकालाई हराउँदाको क्षण

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित निकालेको छ। आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गर्‍यो। यसअघि पहिलो खेलमा नेपाल ओमनसँग १८ रनले हारेको थियो।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको आजको खेलमा नेपालले अमेरिकामाथि जित निकाल्दै त्रिकोणात्मक सिरिजमा पहिलो जित दर्ता गरेको हो।

नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४ दशमलव १ ओभरमा अल आउट हुँदै १५५ रन मात्रै बनाउन सक्यो। खराब ब्याटिङ सुरुवात गरेको अमेरिकाका लागि इयान हल्यान्डले स्कोर अघि बढाउने काम गरे। उनले ७ चौकाको मद्दतले सर्वाधिक ७५ रन बनाए।

नेपालतर्फ बलिङमा करण केसी र शुसन भारीको प्रदर्शन उत्कृष्ट देखियो। अमेरिकालाई लक्ष्यसम्म पुग्न नदिन करणले ४ र शुसनले ३ विकेट लिए। त्यस्तै सन्दीप लामिछानेले २ तथा कुशल मल्लले एक विकेट लिए।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले अन्तिम ओभरको दोस्रो बलमा सबै विकेट गुमाएर १ सय ९० रन बनाएको थियो।

ब्याटिङमा नेपालले खासै राम्रो सुरुवात गरेन। नेपालका लागि विनोद भण्डारी र कुशल मल्लको अर्धशतक महत्वपूर्ण रह्यो। कुशल आफ्नो डेब्यू खेलमै एक दिवसीय क्रिकेटमा अर्धसतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी हुँदै विश्व किर्तिमान बनाए।

विनोदले सर्वाधिक ५९ रनको योगदान गरे भने कुशल ५० रन बनाएर आउट भएका थिए।  

नेपाललाई औषत रनमै रोक्न अमेरिकाका लागि क्यामरुन स्टेभेन्सनले ३ विकेट लिए। त्यस्तै कप्तान शौरभ नेत्रभाल्कर र रस्टी थेरोनले समान २ विकेट लिए।



ट्रेन्डिङ पोस्ट

Ncell