PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

चट्याङले लागेर तीन जनाको मृत्यु



रासस

चट्याङले लागेर तीन जनाको मृत्यु

घोराही : दाङ र आसपासको क्षेत्रमा आज दिउँसो हावाहुरीसहित पानी आएका बेला परेको चट्याङका कारण जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार तुलसीपुरमा एक महिला र एक बालिकाको तथा घोराहीमा एक बालकको चट्याङमा परी मृत्यु भएको हो।

दिउँसो करिब १:०० बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी गीता चौधरीको घरमा चट्याङ परेको थियो। चट्याङले लागेर उनकी सात वर्षीया छोरी सृष्टि र सोही ठाउँ निवासी ५४ वर्षीया लक्ष्मी आचार्य घाइते भएका थिए। उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर ११ हापुर निवासी सूर्यबहादुर पुरीका आठ वर्षीया छोरा ताराको पनि मृत्यु भएको छ। आँगनमा खेलिरहेको अवस्थामा बालकलाई चट्याङले लागेर घाइते बनाएको थियो। बालकको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक सुमित खड्काले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell