PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

जिपी कोइराला गोल्ड कपको उपाधि सप्तरीलाई



राधेश्याम पटेल

जिपी कोइराला गोल्ड कपको उपाधि सप्तरीलाई

वीरगंज : वीरगंजमा भएको प्रदेशस्तरीय ‘गिरिजाप्रसाद (जिपी) कोइराला प्रथम गोल्ड कप’ जिल्ला फुटबल संघ सप्तरीले जितेको छ। अदर्शनगर रंगशालामा शनिवार भएको फाइनलमा बारालाई २-० गोल अन्तरले पराजित गर्दै सप्तरीले उपाधि उचालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टिम आक्रमक देखिए। सप्तरीका लागि उज्ज्वल सिंह सेवा र देवस श्रेष्ठले गोल गरेका थिए।

बाराले गोल गर्ने धेरै प्रयास गरे पनि असफल भयो। फाइनल खेलका उत्कृष्ट खेलाडी सप्तरीका दिवेश श्रेष्ठ, उत्कृष्ट गोलकिपर सप्तरीकै रामरुप चौधरी र प्रतियोगिताका उत्कृष्ट खेलाडी सप्तरीका कप्तान प्रविन चौधरी घोषित भए।

जितसँगै सप्तरीले एक लाख ५१ हजार नगद र उपविजेताले ७५ हजार रुपैयाँ नगदसहित मेडल प्राप्त गरे। प्रतियोगिताको आयोजक जिपि कोइराला फाउन्डेसनका अध्यक्ष मोहम्द सहाबुद्दिनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पुरस्कार वितरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell