PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

नेपाल टस हारेर ब्याटिङमा, कमलसिंह ऐरीको ओडिआइ डेब्यु



पहिलोपोस्ट

नेपाल टस हारेर ब्याटिङमा, कमलसिंह ऐरीको ओडिआइ डेब्यु
तस्बिर: क्यान

काठमाडौं : विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज हुने ओमनविरुद्धको खेलमा नेपाल टस हारेर ब्याटिङमा उत्रिएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट रंगशालामा जारी खेलमा नेपाली टोलीमा अमेरिकासँग खेलेको टिम भन्दा १ जना खेलाडी परिवर्तन भएको छन्। नेपाली टिममा अभिनास बोहोराको स्थानमा कमलसिंह ऐरी आउने छन्। यो ऐरीको ओडिआइ डेभ्युसमेत हो।

पहिलो खेलमा ओमनसँगै पराजित हुँदै खराब सुरुवात गरेको नेपालले दोस्रो खेलमा अमेरिकामाथि जित निकालेको थियो। ओमनले भने यसअघिका खेलमा नेपाल र अमेरिकालाई हराउँदै दोहोरो जित निकाली सकेको छ। ओमनको लक्ष्य आजको खेलमा जित निकाल्दै लिग २ को अंकतालिकामा शीर्ष स्थानमा उक्लने हुनेछ। अमेरिका र ओमन समान १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छन्।

नेपाल भने २ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ।

नेपाली टिम: ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, सुवास खकुरेल, करण केसी, विनोद भण्डारी, सुसन भारी, कमलसिंह ऐरी, मोहम्मद आरिफ शेख, कुसल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने

ओमन टिम: जिसन मक्सुद (कप्तान), अक्विल इल्यास, जतिन्दर सिंह, सुरज कुमार, खावर अलि, सन्दीप गौड, मोहम्मद नदीम, कलिमुल्लाह, बिलाल खान, मोहम्मद नसिम खुशी, मुहम्मद इब्राइम सनुथ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell