PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

राम्रो ओपनिङ साझेदारी पछि सुवास आउट, नेपालको ५० रन पुग्यो



पहिलोपोस्ट

राम्रो ओपनिङ साझेदारी पछि सुवास आउट, नेपालको ५० रन पुग्यो
तस्बिर: क्यान

काठमाडौं : विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज हुने ओमनविरुद्धको खेलमा नेपालयले राम्रो शुरुवात गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले ओपनिङमा राम्रो साझेदारी बनाउँदै ४८ रन बनाए।

नेपालका लागि सुवास खकुरेल २२ रन बनाउँदै पभेलियन फर्किए। क्रिजमा अहिले पारस र ज्ञानेन्द्र मल्ल छन्।

ज्ञानेन्द्र मल्ल २८ रन बनाएसँगै नेपालको स्कोर बोर्डमा ५० रन पुगेको छ। यसअघिका खेलमा नेपालको ओपनिङ जम्न सकिरहेको थिएन।

पहिलो खेलमा ओमनसँगै पराजित हुँदै खराब सुरुवात गरेको नेपालले दोस्रो खेलमा अमेरिकामाथि जित निकालेको थियो। ओमनले भने यसअघिका खेलमा नेपाल र अमेरिकालाई हराउँदै दोहोरो जित निकाली सकेको छ। ओमनको लक्ष्य आजको खेलमा जित निकाल्दै लिग २ को अंकतालिकामा शीर्ष स्थानमा उक्लने हुनेछ। अमेरिका र ओमन समान १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छन्।

नेपाल भने २ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ।

नेपाली टिम: ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, सुवास खकुरेल, करण केसी, विनोद भण्डारी, सुसन भारी, कमलसिंह ऐरी, मोहम्मद आरिफ शेख, कुसल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने

ओमन टिम: जिसन मक्सुद (कप्तान), अक्विल इल्यास, जतिन्दर सिंह, सुरज कुमार, खावर अलि, सन्दीप गौड, मोहम्मद नदीम, कलिमुल्लाह, बिलाल खान, मोहम्मद नसिम खुशी, मुहम्मद इब्राइम सनुथ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell