PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

तरुण दल विरोध प्रदर्शन गर्दै पुग्यो माइतीघरदेखि बानेश्वर, 'कठै अख्तियार, नेकपासामु लम्पसार'

तरुण दल विरोध प्रदर्शन गर्दै पुग्यो माइतीघरदेखि बानेश्वर, 'कठै अख्तियार, नेकपासामु लम्पसार'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाल तरुण दलले अख्तियारको विरोधमा माइतीघरमा प्रदर्शन गरेको छ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतको अगुवाईमा विरोध र्‍याली माइतीघर हुँदै नयाँ बानेश्वरसम्म पुगेको थियो। 

बुधवार बालुवाटारमा रहेको बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर गरेसँगै काँग्रेस आन्दोलनमा उत्रिएको हो।

मुद्दा दायर भएसँग गच्छदार सांसद पदबाट निलम्बित भएका छन्। उनी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका उपनेता थिए।

अख्तियारले नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेललाई जोगाएर गच्छदारलाई फसाएको काँग्रेसले आरोप लगाउँदै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell