PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

भारतलाई हराउँदै बंगलादेश बन्यो यू १९ विश्वकप च्याम्पियन



पहिलोपोस्ट

भारतलाई हराउँदै बंगलादेश बन्यो यू १९ विश्वकप च्याम्पियन

आइसिसी यू १९ विश्वकपमा भारतलाई हराउँदै बंगलादेश च्याम्पियन बनेको छ। आइतबार भएको खेलमा भारतलाई ३ विकेटले हराउँदै बंगलादेशले उपाधि हात पारेको हो।

साउथ अफ्रिकाको पोचेफ स्ट्रोममा टस हारेर ब्याटिङ गरेको भारतले ४७ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनाएको थियो। भारतका लागि यशस्वी जयसवालले ८८, तिलक वर्माले ३८ र धुब्र जरेलले २२ रन बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्।

भारतलाई सस्तैमा समेट्न बंगलादेशका अभिषेक दासले ३ विकेट तथा तन्जिम हसन सकिव र सोरिफुल इस्लामले समान २/२ विकेट लिए।

यता बंगलादेशले डिएल मेथडबाट ४२ दशमलव २ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो। बंगलादेशका लागि परभेज हुसैन इमोनले ४७ रन बनाउँदा कप्तान अकवर अलीले अभिजित ४३ रन बनाए। त्यस्तै तान्जित हसनले १७ रन बनाउँदा १७० रनको लक्ष्य बंगलादेशले २३ बल अघि नै पूरा गर्‍यो। 

रवि बिसोइले ४ विकेट तथा सुशान्त मिश्रले २ विकेट लिए पनि भारतको हार टार्न सकेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell