
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बर्सिलोनाले रियल बेटिसमाथि संघर्षपूर्ण जित निकालेको छ। बेटिसको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा २-२ गोलको बराबरीमा रोकिएको थियो।
खेलको ६ मिनेटमै सर्जियो कानालेसले गोल गर्दै बेटिसलाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यसको ३ मिनेट भित्रै फ्रेन्की डि जोङले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। खेलको २६ औं मिनेटमा बेरिटसले पुनः अग्रता लिएको थियो। नाबी फेकिरले बेटिसका लागि दोस्रो गोल गरे। तर पहिलो हाफको इन्ज्युरी समयमा बार्सिलोनाका सर्जियो बस्क्वेट्सले गोल गरेपछि खेल बराबरीमा आएको थियो।
दोस्रो हाफमा बार्सिलोनाका सिइमेन्ट लेन्गेटले निर्णायक गोल गरे। उनले खेलको ७२औं मिनेटमा गोल गरेका थिए। जितसँगै बार्सिलोनाको ४९ अंक भएको छ। यद्यपि बार्सिलोना शीर्षस्थानमा भने उक्लन सफल भएन। समान २३ खेल खेलेको रियल मड्रिड ५२ अंकका साथ शीर्षस्थानमा छ।