PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

ललिता निवास प्रकरणमा मुद्दा चलाइएका ढकालको घरमा विस्फोट गराउने सात पक्राउ



पहिलोपोस्ट

ललिता निवास प्रकरणमा मुद्दा चलाइएका ढकालको घरमा विस्फोट गराउने सात पक्राउ

काठमाडौं : ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मुद्दा चलाएका शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। गत माघ १ गते नागार्जुन नगरपालिका १ को ढुंगेधारा चर्सरी चोकस्थित ढकालको घरमा विस्फोट गराइएको थियो।  

घटनामा संलग्न रहेको आरोपमा नेक्रविक्रम चन्द नेतृत्वका नेकपाका सात कार्यकर्ता पक्राउ परेका हुन्। माघ २३ गतेदेखि २६ गतेसम्मको अवधिमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो। उनीहहरु यसअघि पनि सार्वजनिक अपराधका कसुरमा सजाय पाइसकेका व्यक्ति हुन्। 

पक्राउ पर्नेमा दैलेखका भीम अधिकारी (रक्षक), कास्कीका विजय भनिने विष्णुप्रसाद अधिकारी, रामेछापका हरिचन्द्र खड्का, गोरखाका कपिल भट्ट, गोकर्णेश्वर काठमाडौँका दिनेश नगरकोटी, गोरखाकै विकास थापा र सिन्धुपाल्चोकका राजकुमार मगर रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell