PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

साढे ४ किलो चरेससहित गौरीफन्टा नाकाबाट २ जना पक्राउ



एम बम

साढे ४ किलो चरेससहित गौरीफन्टा नाकाबाट २ जना पक्राउ

कैलाली : कैलालीको धनगढीस्थित गौरीफन्टा नाकाबाट लागू औषध चरेससहित २ जना पक्राउ परेका छन्। सोमवार बिहान साढे सात बजेतिर कपिलवस्तुको शिवराज नगरपालिका–९ घर बताउने २४ वर्षीय विश्वास थापा र २५ वर्षीया सीमा राना मगरलाई प्रहरीले पक्राउ गरेको हो।

‘साढे चार किलो लागू औषध चरेस बोकेर भारत प्रवेश गर्ने क्रममै नाकाबाट २ जना पक्राउ परेका हुन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।

पक्राउ परेको दुवै जना नाकमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई छलेर भारत प्रवेश गर्न लागेका थिए। नाकामा बेचबिखनविरुद्ध कार्यरत संस्था शान्ति पुनर्स्थापना गृहमा कार्यरत कर्मचारीले पुरुषले महिला लगेर जान लागेको देखेर उनीहरूमाथि शंका मानी सोधपुछ गर्दा चरेस भएको थाहा पाएपछि प्रहरीलाई बुझाएका थिए। दुबै जनाले कम्मरमा बाँधेर चरेस लैजाँदै गरेका ती कर्मचारीले बताए।

उनीहरू नाकामा रहेका सशस्त्र र नेपाल प्रहरीका तीन चेक पोस्ट छलेर सिमाना पार गर्नै  लाग्दा पक्राउ परेका हुन्।  उनीहरूलाई त्रिनगर प्रहरी चौकीबाट कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell