PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अपडेट : पूर्वसचिव कार्कीकी श्रीमतीको मृत्यु



अपडेट : पूर्वसचिव कार्कीकी श्रीमतीको मृत्यु

काठमाडौं : पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको मृत्यु भएको छ। 

उपचारको क्रममा कार्कीको स्टार हस्पिटलमा मृत भएको हो। सोमबार विहान ललितपुरको सानेपास्थित मुना कार्की अचेत अवस्थमा भेटिएकी थिइन्। उनको शरीरमा चोट पटक लागेको थियो। कार्कीमाथि आक्रमण भएको हो वा अन्य कारणले चोट लागेको खुल्न सकेको छैन। 'हामीलाई मध्यान्हमा खबर आएको थियो। पुगेर हेर्दा युवक घरको लिभिङ रुममा मृत अवस्थामा फेला पारेका हौं,' एसपी सिंहले भनिन्।
 
घरमा एक कामदार मृत अवस्थामा भेटिएका थिए। दाङ घर भएका २२ वर्षीय विजय चौधरी घरको बैठक कोठामा नाइलनको डोरी लगाएर मृत झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले जानकारी दिइन्। पूर्वसचिव भने पूजा गर्न बिहानै पशुपति गएका थिए। घरमा भएका कार्कीका एक छोरा पनि स्कुल गएको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पूर्वसचिव कार्कीको घरमा कामदार मृत फेला, श्रीमती अचेत



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell