PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

सरस्वती युथ क्लबविरुद्ध च्यासलको जित



पहिलोपोस्ट

सरस्वती युथ क्लबविरुद्ध च्यासलको जित

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा च्यासल युथ क्लबले सरस्वती युथ क्लबलाई हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सरस्वतीविरुद्ध च्यासलले २-१ को जित निकालेको हो।

खेलको १८ औँ मिनेटमा पाएको फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै टाइगा नाकामुराले गोल गरे। पहिलो हाफमा च्यासल १-० ले अघि रह्यो।

६६ औँ मिनेटमा हायातो वाकिनोले गोल गर्दै च्यासलको अग्रता दोब्बर बनाए। अतिरिक्त समयमा कजीम बुसारीले सरस्वतीका लागि सान्त्वना गोल गरे।

जितसँगै १५ अंक बनाएको च्यासल ९ औँ स्थानमा छ। सरस्वती क्लब भने ४ अंकसहित अंक तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell