PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पूर्व सचिव कार्कीकी श्रीमती र कामदारको मृत्यु प्रकरण, ९ फोटोमा हेर्नुस् घटनास्थल

पूर्व सचिव कार्कीकी श्रीमती र कामदारको मृत्यु प्रकरण, ९ फोटोमा हेर्नुस् घटनास्थल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको मृत्यु भएको छ।  उपचारको क्रममा कार्कीको स्टार हस्पिटलमा मृत भएको हो। सोमबार विहान ललितपुरको सानेपास्थित मुना कार्की अचेत अवस्थमा भेटिएकी थिइन्। 

घरमा एक कामदार मृत अवस्थामा भेटिएका थिए। दाङ घर भएका २२ वर्षीय विजय चौधरी घरको बैठक कोठामा नाइलनको डोरी लगाएर मृत झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले जानकारी दिइन्। 

पूर्वसचिव भने पूजा गर्न बिहानै पशुपति गएका थिए। घरमा भएका कार्कीका एक छोरा पनि स्कुल गएको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell