PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

ब्रिगेड ब्वाइजमाथि फराकिलो जित निकाल्दै आर्मी शीर्ष स्थानमा, भरत खवासले पूरा गरे 'ए' डिभिजनमा ५० गोल



पहिलोपोस्ट

ब्रिगेड ब्वाइजमाथि फराकिलो जित निकाल्दै आर्मी शीर्ष स्थानमा, भरत खवासले पूरा गरे 'ए' डिभिजनमा ५० गोल
फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ३-० को जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो।

आर्मीको जितमा कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे। खेलको पाँचौँ मिनेटमा नै कप्तान खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। खवासको गोलमा आर्मी पहिलो हाफमा १ गोलले अगाडि रह्यो। दोस्रो हाफमा विकास तामाङले  गोल गर्द‌ै आर्मीको अग्रता दोब्बर बनाए। उनले खेलको ५४ औँ मिनेटमा गोल गरेका थिए।

त्यस्तै ७०औँ मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दा आर्मीले फराकिलो जित हात पार्‍यो।

जितसँगै आर्मी २९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबको २८ अंक छ।

यसैबीच आर्मीका कप्तान भरत खवासले ए डिभिजन लिगमा ५० गोल पूरा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell