PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

जम्मुमा 'साबिती'माथि नाटक 'द कन्फेसन' मञ्चन हुँदै



पहिलोपोस्ट

जम्मुमा 'साबिती'माथि नाटक 'द कन्फेसन' मञ्चन हुँदै

जगदिश घिमिरेको उपन्यास ‘साबिती’मा आधारित नाटक ‘दि कन्फेसन’ जम्मुमा मञ्चन हुँदैछ। नुतन इन्टरनेशनल थिएटर फेस्टिभलमा म‌ञ्चनका लागि नाटक चयन भएको हो।

२०३२ सालमा प्रकाशित उपन्यासको नाट्‍य रुपान्तरण भारतीय रंगकर्मी अनुराधा मजुम्दारले गरेकी हुन्। थिएटर भिलेज नेपाल र आर्ट आश्रम इन्डियाको सहकार्यमा तयार नाटकको निर्देशन भने बिमल सुवेदीले गरेका हुन्।

द कन्फेसन यसअघि साउथ एसियन युनिभर्सिटी, नयाँ दिल्लीमा पनि देखाइएको थियो।

नेपाली कृति तथा नाटकहरूलाई नेपाली दर्शकभन्दा बाहिर लैजाने प्रयास स्वरूप यस नाटकको लागि सहकार्य गरिएको निर्देशक बिमल सुवेदीले बताए।

भने, 'यस्ता अन्तरदेशीय सहकार्यले फरक भूगोल संस्कृति र परिभेषमा आधारित भएर लेखिएका कृतिहरूलाई देशको सिमाना बाहिर पुर्‍याएर सोच्ने बनाउँछ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell