PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मन्त्रिपरिषदको निर्णय : २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवाली



सविन ढकाल

मन्त्रिपरिषदको निर्णय : २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवाली

काठमाडौं : नेपाल प्रहरीको २७ ‌औं प्रहरी महानिरीक्षक (आइजीपी) डिआइजी ठाकुर ज्ञवालीलाई बनाउने सरकारले निर्णय गरेको छ।
 
आज बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो। प्रदेश १ का प्रहरी प्रमुख रहेका ज्ञवाली पाँच महिना महानिरीक्षक पदमा रहने छन्। उनी ३० वर्षे सेवा अवधिका कारण आगमी असार २४ गते अवकास पाउने छन्। 

ठाकुर महानिरीक्षक खनालकै व्याची हुन्। उनी वैकल्पिकमा  २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए।

२०२२ असोज २८ गते प्युठानको झिमरुक गाउँपालिकामा जन्मिएका ठाकुर प्युठानको बालशिक्षा माविबाट २०३७ मा एसएलसी उतीर्ण गरेका हुन्। ज्ञवालीको पहिलो पोष्टिङ प्रहरी प्रधान कार्यालयको अनुसन्धान विभागमा भएको थियो। 

२०५८ वैशाख १८ गते उनी डिएसपीमा बढुवा भए। २०६६ मंसिर ३ गते एसपी, २०७३ असार २८ मा  एसएसपी र २०७५ असोजमा डिआइजीमा बढुवा भएका हुन्।

त्यस्तै महानिरिक्षक सर्वेन्द्र खनाल ३० वर्षे सेवा अवधिका कारण आजबाट अवकास पाउँदै छन्। उनीसँगै एआइजी पुष्कर कार्की, ठुले राई, धिरु बस्न्यात पनि अवकास पाउँदै छन्। डिआइजीहरुमा राजेन्द्रमान श्रेष्ठ, महेश विक्रम शाह, पिताम्वर अधिकारी, पूर्णचन्द्र जोशी, मनोज न्यौपाने, शेरशहादुर बस्नेत, केदार रिजाल, दिनेश अमात्य, कमल जिटी लगायत पनि घर जाँदै छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell