PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

नेपाल पुलिसलाई हराउँदै मनाङ शीर्ष तीनमा



पहिलोपोस्ट

नेपाल पुलिसलाई हराउँदै मनाङ शीर्ष तीनमा
मनाङ मर्स्याङदी क्लबका खेलाडीहरु। फोटो : एन्फा।

काठमाडौं‌ : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको तेस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ मर्स्याङदी क्लब अंक तालिकाको शीर्ष तीनमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङले नेपाल पुलिसमाथि २-० को जित निकाल्दै शीर्ष तीनमा फेरि स्थान बनाएको हो। आजै भएको दोस्रो खेलमा न्यू रोड टिम (एनआरटी)लाई हराउँदै २३ अंक जोडेर थ्री स्टार क्लब शीर्ष तीनमा उक्लिएको थियो। लगत्तै अर्को खेलमा मनाङले जित निकाल्दै २५ अंक बनाएर फेरि तेस्रो स्थानमा कायम रह्यो।

मनाङको जितमा विमल राना र अन्जन विष्टले समान १/१ गोल गरे। खेलको ३२ औं मिनेटमा पुलिसका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै विमल रानाले मनाङलाई अग्रता दिलाएका थिए। त्यसको १० मिनेट भित्रै निशान लिम्बूले प्रहार गरेको बल हेडिङमार्फत अन्जन विष्टले गोल गरे। पहिलो हाफमै २ गोलको अग्रता बनाएको मनाङलाई दोस्रो हाफमा नेपाल पुलिसले गोल फर्काउन नसक्दा खेल २-० ले मनाङले आफ्नो पक्षमा पार्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell