PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

भरुवा बन्दुकसहित एक जना पक्राउ



रासस

भरुवा बन्दुकसहित एक जना पक्राउ

जाजरकोट : भरुवा बन्दुकसहित डोल्पा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नियमित गस्तीको क्रममा रहेको प्रहरीले ठूलीभेरी नगरपालिका–२ लोचा जंगलमा पुग्दा ठूलीभेरी नगरपालिका–४ तिप्ला घर भएका २८ वर्षीय खडकबहादुर रोकायलाई हतियारसहित पक्राउ गरेको हो।

उनको साथबाट एक थान भरुवा बन्दुक, घरेलु चक्कु एक थान, बारुद ७८ ग्राम, पासो एक थान, केभ नौ थान र सिसाको छर्रा १९ थान बरामत गरेको डोल्पा प्रहरी प्रमुख नारायण रन्जितकारले जानकारी दिए।

आज पक्राउ परेका रोकायलाई जिल्ला अदालत डोल्पामा हतियार खरखजनासम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell