PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

हिमालयन शेर्पाले जावलाखेल युथ क्लबको सामना गर्ने



पहिलोपोस्ट

हिमालयन शेर्पाले जावलाखेल युथ क्लबको सामना गर्ने

काठमाडौं: शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज एक खेल हुँदैछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लब दिउँसो १ बजे प्रतिस्पर्धा गर्ने छन्। अंक तालिकामा ११ औं स्थानमा रहेको हिमालयन शेर्पा क्लब आजको खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहान्छ। यद्यपि, उसले आजको खेलमा जित निकाले पनि स्थानमा भने परिवर्तन हुने छैन्। हिमालयन शेर्पा क्लबले दुई जित र चार बराबरी खेल्दै १० अंक बनाएको छ।

त्यस्तै, जावलाखेल युथ क्लबले पनि आजको खेलमा जित निकाल्दा स्थानमा सुधार हुँदैन। तर, जावलाखेललाई शीर्ष ६ मा कायम रहनका लागि आजको खेलमा जित निकाल्नुपर्ने दवाब छ। जावलाखेलले पाँच जित र ३ बराबरी खेल्दै तालिकामा १९ अंक बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell