PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

दोस्रो जितको खोजीमा अमेरिकासँग खेल्दै नेपाल



पहिलोपोस्ट

दोस्रो जितको खोजीमा अमेरिकासँग खेल्दै नेपाल

काठमाडौं : आइसिसी वल्डकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकाको सामना गर्दैछ। ओमन, अमेरिका र नेपाल सम्मिलित सिरिजमा यसअघि नै ओमनले आफ्ना सबै खेलमा जित निकालिसकेको छ।

यता नेपालले अमेरिकासँगको पहिलो खेलमा जित निकालेको थियो भने ओमनसँगको दुवै खेलमा पराजित भएको थियो। आज नेपाल अमेरिकासँग दोस्रो जित निकाल्ने लक्ष्यका साथ उत्रने छ। अमेरिका भने सिरिजमा जितविहीन छ। अमेरिकाले ओमनसँग दुई र नेपालसँग १ खेलमा पराजय भोगेको छ। अमेरिका सान्त्वना जित निकाल्ने लक्ष्यमा रहनेछ।

नेपालले यसअघिको खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो। ओमनसँग भने पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटको पराजय भोगेको थियो।

कीर्तिपुरस्थित टियु मैदानमा हुने खेल बिहान साढे ९ बजे शुरु हुनेछ।

सिरिज अघि लिग २ मा तालिकाको दोस्रो स्थानमा रहेको ओमन त्रिकोणात्मक सिरिज सकिँदा शीर्षस्थानमा पुगेको छ। अमेरिका भने दोस्रो स्थानमा झरेको छ। ओमनको १६ अंक छ भने अमेरिकाको १२ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell