PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

अमेरिकाविरुद्ध सन्दीपले लिए ४ विकेट, सुशन पनि चम्किए



पहिलोपोस्ट

अमेरिकाविरुद्ध सन्दीपले लिए ४ विकेट, सुशन पनि चम्किए

काठमाडौं : त्रिकोणात्मक सिरिज अन्तर्गतको अमेरिकासँगको खेलमा नेपालले सुखद सुरुवात गरेको छ। टस जितेर बलिङमा उत्रिएको नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिएका छन्।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले अमेरिकाको ४ विकेट लिइसकेको छ। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट र सुशन भारीले २ विकेट लिएका छन्। सन्दीपले आयन होल्यान्ड, मोनाङ्क पटेल र निसर्ग पटेल र तिमिल पटेलको विकेट लिँदा भारीले जेभियर मार्सल र एरोन जोन्सको विकेट लिए। ९ ओभर सकिँदा ५ विकेट लिएको नेपालले सुखद सुरुवात गरेको छ भने अमेरिका दवावमा आएको छ।

नेपाली टिममा अघिल्लो खेलमा डेभ्यु गरेका कमलसिंह ऐरीको स्थानमा ललितनारायण राजबंशीले स्थान पाएका छन्। नेपाल आज दोस्रो जितको खोजीमा अमेरिकासँग खेल्दैछ।

नेपाली टिम: ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, सुवास खकुरेल, करण केसी, विनोद भण्डारी, सुसन भारी, कमलसिंह ऐरी, मोहम्मद आरिफ शेख, कुसल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने

अमेरिकी टिम: सौरभ नेत्रभाल्कर, इयान होल्यान्ड, अक्षय होमराज, एरोन जोन्स, नोस्टुस केन्जिगे, जेभियर मार्सल, मोनाङ्क पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरन स्टेभेन्सन, रस्टी थेरन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell