PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

रामेश्वर फुयाल वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री, शपथ ग्रहण आजै



रासस

रामेश्वर फुयाल वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री, शपथ ग्रहण आजै

काठमाडौं : वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका रामेश्वर फुयाल नियुक्त भएका छन्। उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेका र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

यसअघि संविधानसभा सदस्यसमेत रहेका फुयाल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन्। तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आएका थिए।

वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाल मन्त्री बन्ने चर्चा निकै चलेको थियो। वाग्मती प्रदेशका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहेका फुयाल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संविधानसभा सदस्य, प्रदेश सभा सदस्य हुँदै मन्त्री बन्न लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell