PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लब बराबरीमा रोकिए



पहिलोपोस्ट

हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लब बराबरीमा रोकिए

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको १२ औं चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लब ३-३ गोलको बराबरीमा रोकिएका छन्।

सातदोबाटोस्थित एन्फा कम्पेक्सको मैदानमा भएको खेलमा हिमालयन शेर्पा क्लबले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा रोकिएको हो। खेलको ५ औं मिनेटमै स्टेफेन समिर डिबेनीले गोल गर्दै हिमालयन शेर्पा क्लबलाई अग्रता दिलाएका थिए। २६ ‍औं मिनेटमा फेरी स्टेफेनकै पासमा विजय श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पाको अग्रता दोब्बर बनाए।

खेलको ३५ औं मिनेटमा जावलाखेल युथ क्लबका गोलकिपर रातो कार्ड खाँदै बाहिरिए पछि टिम १० खेलाडीमा सीमित भएको थियो। पहिलो हाफको अतिरिक्त समयमा जावलाखेलका कुवेर विष्टले गोल गर्दै टिमलाई खेलमा फर्काउन चाहे। फेरी स्टेफेनले अतिरिक्त समयमै गोल गर्दै हिमालयन शेर्पाको अग्रतालाई निरन्तरता दिँदा पहिलो हाफमा हिमालयन शेर्पा क्लब ३-१ गोलले अगाडी रह्यो।

दोस्रो हाफमा भने जावलाखेल हावी रह्यो। खेलको ६८ औं मिनेटमा हिमालयन शेर्पा क्लबका निरज बस्नेत रातो कार्ड खाँदै बाहिरिए। खेलको ६० औं मिनेटमा फोडे फोफानाले गोल गर्दै खेलमा हिमालयन शेर्पासँगको गोलअन्तर घटाए। ६९ औं मिनेटमा रुपबहादुर लामाले गोल गर्दै खेल बराबरीमा ल्याए।

बराबरीमा रोकिएसँगै जावलाखेल युथ क्लबले १८ अंक जोड्दै पाँचौं स्थानमा यथावत छ भने हिमालयन शेर्पा क्लब १० अंक जोड्दै ११ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell