PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

ललिता निवास प्रकरण : पूर्व प्रम माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने भन्दै सर्वोच्चमा रिट



पहिलोपोस्ट

ललिता निवास प्रकरण : पूर्व प्रम माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने भन्दै सर्वोच्चमा रिट

काठमाडौं : दुई पूर्व प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

पूर्व प्रधानमन्त्री तथा नेकपा कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्ध बुधवार सर्वोच्व अदालतमा रिट दायर भएको हो। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास प्रकरणमा अख्तियारले विशेष अदालतमा दुई जनाविरुद्ध मुद्दा दायर नगरेको भन्दै रिट दिएका हुन्।

अख्तियारले मन्त्रिपरिषदबाट निर्णय गराएको विषय भन्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईविरुद्ध भने मुद्दा नचलाउने तय गरेको थियो। अख्तियारले माघ २२ गते १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो।

पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी लगायत विरुद्ध मुद्दा दर्ता भएको छ। पूर्व सचिवहरु छवि पन्त, दिनेशहरि अधिकारी र दीप बस्नेतको नाम पनि यो सूचीमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell