
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूविरुद्ध मुद्दा दर्ता गर्न नमिल्ने भन्दै चितवनका जिल्ला न्यायाधीश विनोदकुमार गौतमले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
ललिता निवास जग्गा प्रकरणमा अख्तियारले गौतमविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्यसलगत्तै उनी निलम्बनमा परिसकेका छन्। उनले आफूलाई कारबाही नगर्न माग गर्दै सर्वोच्च अदालतमा बुधवार रिट दायर गरेका हुन्।
न्यायाधीशलाई न्यायपरिषद्ले मात्रै कारबाही गर्न मिल्ने भन्दै उनले अख्तियारलाई त्यो अधिकार नभएको बताएका छन्।
शहरी विकास तथा भवन निर्माण विभागले पेश गरेको जग्गासँग सम्बन्धित मिसिलमा गौतमले स्वीकृतीका राय दिएका थिए।
आफूले दिएको रायले कुनै जग्गा व्यक्ति विशेषको नाममा दर्ता गर्ने वा नगर्ने नभई प्रक्रियागत रुपमा विभागीय रायमात्र रहेको उनको जिकिर छ।