काठमाडौं : गत डिसेम्बरदेखि महामारीका रुपमा चीनमा फैलिएको नोवेल कोरोना भाइरसका कारण विश्वभर चिनियाँ नागरिकहरुलाई यात्रामा कडाइ गरिएको छ। विभिन्न देशले चिनियाँ नागरिकहरुलाई आफ्नो देश प्रवेश गर्नमा कडाइ गरेका छन् भने कतिपय देशहरुले प्रवेशमै निषेध गरेका छन्।
अमेरिकाले फेब्रुअरी २ बाट नै चीन भ्रमण गरेका कुनै पनि देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ। चीन भ्रमण गरेको कम्तिमा १४ दिन अगाडि कुनै पनि देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाइएको हो।
त्यस्तै माइक्रोनेसियामा रहेको गुवाम टापुले पनि अमेरिकी नीतिअनुसार यात्रामा प्रतिवन्ध लगाएको छ। गुवाम अमेरिकी टापु हो। यद्यपि, यहाँ यात्रा अनुमतिका लागि अमेरिकी सरकारको कानुन लाग्दैन।
यसैबीच अंगोलाले फेब्रुअरी ४ देखि चीनबाट यात्रा गर्ने सबै यात्रुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न थालेको थियो। बर्बुडाले पनि जनवरी ३१ बाट चीन भएर यात्रा गर्ने सबैलाई देश प्रवेशमा रोक लगाएको छ।
अष्ट्रेलियाले पनि चीन भएर यात्रा गर्ने कुनै पनि नागरिकलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाएको छ। अष्ट्रेलियाले आफ्ना नागरिक, स्थायी बसोवास अनुमति पत्र भएका उनीहरुका परिवारलाई भने रोक लगाएको छैन। यो प्रतिवन्धमा चीन छाडेको १४ दिनसम्म कोही पनि अष्ट्रेलिया प्रवेश गर्न पाउने छैनन्।
त्यस्तै वहमासाले पछिल्लो २० दिनभित्र चीन भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई देश प्रवेशमा रोक लगाएको छ। त्यस्तै चीनबाट फर्किने आफ्ना देशका नागरिकलाई १४ दिन सम्म क्वारेन्टाइनमा राख्ने जनाएको छ।
उता बंगलादेशले चिनियाँ नागरिकलाई दिइँदै आएको 'अन अराइभल' भिसामा रोक लगाएको छ। चिनियाँ नागरिकलाई देश प्रवेश गर्नका लागि पहिले नै भिसा लिनुपर्ने छ।
ब्रुनइले चीनको हुवेइ प्रान्तबाट यात्रा गर्ने तथा चीन सरकारको हुवेइबाट राहदानी लिएकाहरुलाई ब्रुनाइ प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। उसले आफ्ना देशका नागरिकबाहेक पछिल्लो १४ दिन भित्र हुवेइ भ्रमण गर्ने कसैलाई पनि प्रवेश नदिने भएको हो।
यसरी प्रवेश गर्न पाउने नागरिकहरु पनि १४ दिनसम्म सेल्फ-आइसोलेशनमा बस्नुपर्ने छ।
अफ्रिकी मुलुक कंगोले उच्च जोखिम भएका देशबाट कंगो प्रवेश गर्नेलाई १४ दिन सम्म क्वारेन्टाइनमा राख्ने जनाएको छ। उनीहरुलाई किन्टेल कोन्कोर्डे होटेलमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ।
उता चेक रिपव्लिकले जनवरी ३० यता कुनै पनि चिनियाँ नागरिकको भिसा आवेदन लिन बन्द गरेको छ। जनवरी ३१ वाट इक्वेटेरिल घिनीले चीनको मुख्य भुमिका विमानस्थलबाट आएका कुनै पनि यात्रुलाई प्रवेशमा रोक लगाएको छ।
फिजीले आफ्ना सबै नाकाहरु पछिल्लो १४ दिनभित्र चीन भ्रमण गरेका कुनै विदेशी नागरिकका लागि बन्द गरेको छ। ग्रेनाडा, ग्वाटेमालाले पनि चीन भ्रमण गरेका कुनै पनि विदेशीलाई प्रवेशमा रोक लगाएका छन्।
होण्डुरसले ८ फेब्रुअरी देखि कोरोना भाइरस देखिएका उत्तर अमेरिका र एसियाली मुलुकहरुमा पछिल्लो १४ दिन भ्रमण गरेका विदेशीलाई १४ दिन सम्म क्वारेन्टाइनमा राख्ने जनाएको छ।
भारतले पनि फेब्रुअरी ५ देखि इ - भिसा अस्थायी रुपमा बन्द गरेको छ। चीनको राहदानी बोकेका तथा चीनमा बसोवास गर्ने विदेशीहरुको हकमा यो प्रावधान लागू हुने बताइएको छ।
इन्डोनेसियाले पनि पछिल्लो १४ दिन चीन भ्रमण गरेका कुनै पनि नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने फेब्रुअरी ५ देखि चीन भएर आउने सबै उडान रद्ध गरेको छ।
इटालीले जनवरी ३० देखि स्टेट इमरजेन्सी जारी गर्दै चीन र इटलीबीचको सिधा उडान रोक लगाएको छ। फेब्रुअरी ७ देखि केही बिजनेस फ्लाइट भने सुरु गरिएको छ।
इजरायलले पनि पछिल्लो दुई साता चीन भ्रमण गरेका आफ्ना नागरिकबाहेक अन्य विदेशीलाई प्रवेशमा रोक लगाएको छ। उसले जल तथा थल यात्रामा पनि कडाइ गरेको छ।
यद्यपि, यो प्रतिवन्ध इजरायल प्रवेश गरेको ६ घण्टाभित्र उडानका लागि हवाइ टिकट भएकाहरुलाई लगाइएको छैन।
जमैकाले चीनसँग सम्बन्ध भएका र चीनबाट आउने सबैलाई १४ दिन सम्म क्वारेन्टाइनमा राख्ने भएको छ। चीनबाट फर्किएका कुनै पनि व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिए तत्काल विमानस्थलबाट आइसोलेशनका लागि लगिने छ।
जापानले फेब्रुअरी १ देखि हुवेइ प्रान्तमा पछिल्लो समय बसोवास गरेका कसैलाई पनि प्रवेशमा रोक लगाएको छ।
कुवेतले चीन र हङकङको राहदानीबाहकलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ। यस्तो प्रतिवन्ध चीन र हङकङमा पछिल्लो दुई हप्ता बसेका विदेशीमा पनि लागू भएको छ।
इराकको कुर्दिस क्षेत्रमा पनि चीनबाट यात्रा गर्ने कसैलाई पनि प्रवेशमा रोक लगाएको छ।
फेब्रुअरी २ बाट लाइवेरिया १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य गराएको छ।
माडागास्कारले पनि चीन भ्रमण गरेका नागरिकलाई आफ्नो देश प्रवेशमा कडाइ गरेको छ। उसले आफ्ना विमानलाई यस्ता व्यक्तिलाई यात्रा नगराउन भनेको छ।
मालदिभ्सले फेब्रुअरी ३ बाट आफ्ना देशका नागरिक बाहेकका विदेशी जसले पछिल्लो समय चीन भ्रमण गरेका छन् उनीहरुलाई देश प्रवेशमा रोक लगाएका छ।
मरिससले फेब्रुअरी २ देखि त्यस्ता विदेशीलाई आफ्नो देश प्रवेश तथा ट्रान्जिटको सुविधासमेत रोक लगाएको छ।
मलेसियाले पछिल्लो १४ दिन चीनको हुवेइ जजियाङ र जियांसु भ्रमण गरेका कुनै पनि नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको छ।
मंगोलियाले फेब्रुअरी २ देखि मार्च २ सम्म चिनियाँ नागरिक तथा चीन ट्रान्जिट भएर आउने कुनै पनि विदेशीलाई मंगोलिया प्रवेशमा रोक लगाएको छ।
म्यानमारले चिनियाँ नागरिकलाई दिइँदै आएको अन अराइभल भिसा रोक लगाएको छ। लाओसले आफ्ना सबै नाकामा कडाइ गर्दै चीनबाट आउने कुनै पनि विदेशीलाई रोक लगाएको छ।
न्यूजिल्याण्डले पनि फेब्रुअरी २ बाट चीनबाट आउने वा चीन ट्रान्जिट भएर आउने कुनै पनि व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ। आफ्ना नागरिक तथा उनका आफन्तलाई यस प्रतिवन्धले नछोए पनि उनीहरु १४ दिन सम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने छ। यो प्रतिवन्ध अष्ट्रेलियाली नागरिक र त्यहाँका पीआर भएकाहरुका हकमा भने लागू हुनेछैन।
उता, उत्तर कोरियाले पनि चीनसँग आफ्ना सबै यातायातका सम्पर्क बन्द गरेको छ। उसले चीनबाट आउने कुनै पनि विदेशीलाई एक महिनासम्म आइसोलेशनमा राख्ने जनाएको छ।
दक्षिण कोरियाले पनि फेब्रुअरी ४ बाट पछिल्लो १४ दिन हुवेइ पुगेका कुनै पनि विदेशीलाई यात्रा प्रतिवन्ध लगाएको छ। पलाउले पनि चीन मकाउ र हङकङबाट आउने विदेशीलाई प्रवेश रोक लगाएको छ।
पाकिस्तान प्रवेश गर्ने कुनै पनि नागरिकलाई १४ दिन सम्म क्वारेन्टाइनमा बस्न्पर्ने प्रावधान राखेको छ।
पानामा, फिलिपिन्स, पपुवा न्यूगिनीले पनि चिनियाँ नागरिक तथा पछिल्लो १४ दिन चीन भ्रमण गरेकाहरुलाई प्रवेशमा कडाइ गरेको छ।
रुसले चीनसँग सीमा जोडिएका क्षेत्रमा नाका बन्द गरेको छ। मस्को सहितका अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको स्वास्थ्य परीक्षण गरिएको छ। कोरोनाका लक्षण देखिनेलाई क्वारेन्टाइनमा राखिने छ। मस्कोमा बेइजिङ सांघाइ र क्वानजाओबाट आउने विमान मात्र अवतरण गर्ने अनुमति दिइएको छ। फेब्रुअरी ४ देखि चीनमा हुँदै आएका चार्टर फ्लाइट कमी गर्दै लैजाने र १४ फेब्रुअरीबाट पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ।
साल्भाडोरले पनि जनवरी ३१ देखि चिनियाँ नागरिक तथा चीन भ्रमण गरेका विदेशीलाई प्रवेशमा रोक लगाएको छ।
सिंगापुरले पनि चीनबाट आउने यात्रु तथा पछिल्लो १४ दिन चीन भ्रमण गरेका कसैलाई पनि प्रवेशमा रोक लगाएको छ। उनीहरुलाई ट्रान्जिटको सुविधाबाट पनि वञ्चित गराइएको छ।
श्रीलंकाले चिनियाँ नागरिकलाई अग्रिम रुपमा इलेक्ट्रोनिक ट्राभल परमिट लिनुपर्ने प्रावधान कायम गरेको छ। यहाँ अन अराइभल भिसामा रोक लगाएको छ।
शोलोमन आइल्याण्ड, सुरिनाम, ट्रिनिडाड एण्ड टोवागो, माइक्रोनेसिया, मार्सल आइल्याण्डमा पनि पछिल्लो १४ दिन चीन भ्रमण गरेका विदेशीले प्रवेश पाउने छैनन्।
ताजिकिस्तानले आफ्ना सबै उडान रद्ध गरेको छ। त्यस्तै, चीन भ्रमण गरेर आउने नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राखेको छ।
भानुआटु, भियतनामले पनि यस्तै प्रतिवन्ध लगाएका छन्।