PahiloPost

May 14, 2025 | १ जेठ २०८२

चीनबाट फर्किएका कैलालीका एक युवा अस्पताल भर्ना, कोरोना भएको हुन सक्ने आशंका



एम बम

चीनबाट फर्किएका कैलालीका एक युवा अस्पताल भर्ना, कोरोना भएको हुन सक्ने आशंका

कैलाली : चीनबाट फर्किएका कैलालीका एक युवा अस्पताल भर्ना भएका छन्। उनी चीनबाट फर्किएको ९ दिन मात्रै भएको छ। स्वास्थ्यमा समस्या आएपछि उनी चेकअपको लागी शुरुमा अत्तरियामा रहेको पद्मा अस्पताल गएका थिए।

उनको स्वास्थ्य रिपोर्ट हेर्दा कोरोना हुन सक्ने आशंका गरिएको छ। अहिले उनी थप उपचारको लागी धनगढी पुगेका छन्। धनगढीको सेती अञ्चल अस्पतालमा उनको नमुना रगत लिइएको भएपनी रगत भोलि मात्रै काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइने भएको छ।

उनलाई अस्पतालमा कसैको सम्पर्क नहुने गरी अलग्गै राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell