PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वीरगंजमा स्क्रबटाइफसबाट पछिल्लो ६ महिनामा ९ जनाको मृत्यु



राधेश्याम पटेल

वीरगंजमा स्क्रबटाइफसबाट पछिल्लो ६ महिनामा ९ जनाको मृत्यु

वीरगंज : पछिल्लो ६ महिनाको अवधिमा स्क्रबटाइफसबाट वीरगंजको तराई हस्पिटलमा ९ जनाको मृत्यु भएको छ।

पर्सा, बारा, रौतहट र भारतको बिहारका गरी ५८ जनामा यो रोगको संक्रमण देखिएकोमध्ये ३९ जना ठिक भएर घर फर्केको तर ९ जनालाई अस्पताल ढिलो ल्याइएकोले उनीहरुको मृत्यु भएको तराई हस्पिटल एण्ड रिचर्स सेन्टरका चिकित्सक डा राजु कुशवाहले बताए।

उनका अनुसार घाँस तथा झारपातमा एउटा चिगर भन्ने किरा बस्छ। त्यसै किराको पेटमा ओरियन्सिया सुसुगेनेसी नामक किटाणु हुन्छ। सोही किराले टोकेमा शरीरिमा कालो दाग बन्ने र स्क्रबटाइफस रोग लाग्ने उनले बताए। कुशवाहका अनुसार टाइफाइड जस्तै उच्च ज्वरो आउने, टाउको दुख्ने, भोक नलाग्ने, हाडजोर्नीहरु दुख्ने लक्षण देखिन्छ।

स्क्रबटाइफसको संक्रमण देखिएपछि रगतमा प्लेटलेट्सको मात्रा कमी हुँदै जाने डा कुशवाहले बताए। यो रोगबाट बच्न घर बाहिर जाँदा पूरा बाउला भएको सर्ट र पाइन्ट लगाउने, घर वरपर झारपात तथा बोट विरुवा छन् भने झुल लगाएर सुत्ने, ५ दिनसम्म ज्वरो निको नभए नजिकको अस्पतालमा जाँच गराउने जस्ता उपाय अपनाउन डा. कुशवाह सल्लाह दिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell